स्वदेशी उत्पादनको बजार बिस्तारले घट्यो विदेशी कुरमुरेको आयात

१२ जेठ, काठमाडाैं । कुरमुरे, कुरकुरे, चिजबल लगायतको आयातमा कमी आएको छ । नेपालमा नै उत्पादन बढेको र नेपाली उत्पादनले नै बजार ओगटेकोले यसको आयातमा कमी आएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को १० महिनामा १० लाख ५८ हजार ८७८ किलो कुरमुरे, कुरकुरे, चिजबल आयात भएको छ ।

भारत, चीन, जापान, कोरिया, अमेरिका, मलेसिया, मेक्सिको, साउदी अरेबियालगायत देशबाट ५४ करोड ५३ लाख ६९ हजार रुपैयाँ बराबरको १० लाख ५८ हजार ८७८ किलो कुरमुरे आयात भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को १० महिना अवधिमा ६३ करोड ५१ लाख ४२ हजार रुपैयाँ बरारबरको १३ लाख ८६ हजार २६५ किलो कुरमुरे आयात भएको थियो ।
१ वर्षको अवधिमा कुरमुरे, कुरकुरे तथा चिजबलको आयात ८ करोड ९७ लाख ७३ हजार रुपैयाँले घटेको हो ।

नेपालमा सबैभन्दा बढी भारतबाट ३८ करोड ५१ लाख ४४ हजार रुपैयाँ बराबरको ८ लाख ८१ हजार ७५६ किलो कुरमुरे आयात भएको विभागले जनाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा भारतबाट ५२ करोड ४६ लाख ४३ हजार रुपैयाँ बराबरको १२ लाख ४२ हजार ५०५ किलो कुरमुरेलगायतका वस्तु आयात भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७९/८० को १० महिनामा मलेसियाबाट १३ करोड ८१ लाख ८९ हजार रुपैयाँ बराबरको १४ लाख ९७ हजार १४ किलो कुरमुरेलगायतका वस्तु आयात भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ९ करोड ६४ लाख १३ हजार रुपैयाँ बराबरको १२ लाख १४ हजार ८७ किलो कुरमुरे आयात भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७९/८० को १० महिनामा चीनबाट ३४ हजार रुपैयाँ बराबरको ८५ किलो मात्र कुरमुरे, कुरकुरे, चिजबल आयात भएको छ । गत वर्ष चीनबाट १ लाख ९ हजार रुपैयाँ बराबरको ३९० किलो कुरमुरे आयात भएको थियो ।

अहिले बजारमा स्वदेशी उत्पादनको वृद्धिसँगै यसको बजार बिस्तारले विदेशी उत्पादनको आयातमा केही कमी आएको हो । मुलुकभित्रै चौधरी ग्रुप, दुगड ग्रुप तथा यशोदा फ्ड्स लगायतले कुरमुरे, चिजबल लगायत उत्पादन तथा बिक्री गर्दै आइरहेका छन् ।

यसका साथै नक्कली ब्राण्डमा विदेशी उत्पादनको बिक्री बितरणले बजार अझनै अस्वस्थ बनिरहेको छ । यसले पनि आयातलाई निरुत्साहित गर्दा सरकारले राजश्व गुमाईरहेको छ भने आन्तरिक बजार बिग्रँदै गइरहेको छ ।

मुलुकको विदेशी मुद्रा सञ्चिति घट्दै जान थालेपछि सरकारले गत वर्षको बैशाखदेखि भदौसम्मको पाँच महिना जंक फुड कुरकुरे, कुरमुरे र लेज जस्ता अस्वस्थकर र अनावश्यक खाद्यवस्तुको आयातमा रोक लगाएको थियो ।

विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले २०७९ बैशाख १५ गतेदेखि भदौ मसान्तसम्म विलासिताका वस्तुसँगै जंक फुडहरुको आयतमा समेत रोक लगाएको थियोे ।

यसरी सरकारले यस्ता वस्तुको आयातमा रोक लगाउँदा नेपालमा नै उत्पादन गरिएको वस्तुहरु उपभोक्ताको रोजाइमा परेको हो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment