भारतीय विदेशमन्त्री जयशंकर र नेपाली राजदूत शर्माबीच भेटवार्ता

११ जेठ, काठमाडौं । दिल्लीस्थित नेपाली राजदूतावासको नेतृत्व लिएर करिब १४ महिनाअघि पुगेका डा शंखर शर्माले पहिलोपटक भारतीय विदेशमन्त्रीसँग शिष्टाचार भेट गरेका छन्। राजदूत शर्मा २०७८ चैत्र १८ मा दिल्ली पुगेका थिए।

राजदूत शर्मा र मन्त्री एस जयशंखरबीच बिहीबार भेटवार्ता भएको हो। उक्त भेटपछि सामाजिक सञ्जाल ट्विटरमा मन्त्री जयशंकरले बहुपक्षीय साझेदारीको विषयमा छलफल भएको उल्लेख गरेका छन्।

‘हाम्रो गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भयो। आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छौं,’ जयशंकरले लेखेका छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment