शंकरदेव क्याम्पसका प्रमुखसहित चार पदाधिकारीद्वारा राजीनामा

११ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको शंकरदेव क्याम्पसका प्रमुखसहित चार जनाले सामूहिक राजिनामा दिएका छन्।

शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख प्राडा केशवराज जोशी, सहायक क्याम्पस प्रमुख भोजराज ओझा, बीबीएम कार्यक्रम निर्देशक रिता मास्के र बीबीएम कार्यक्रम सहनिर्देशक केशर खातीले राजीनामा दिएका हुन्।

गत बिहीबार क्याम्पस प्रमुख जोशीले राजीनामा दिएसँगै भाइभा कहिले हुने भन्ने अनिश्चित भएको छ। मंगलबारदेखि हुने भनिएको पढाइसमेत स्थगित भएको सूचना सार्वजनिक गरिएको थियो। सहायक क्याम्पस प्रमुख मिखा श्रेष्ठद्वारा जारी सुचनामा विशेष कारणवश अर्को सूचना प्रकाशित नभएसम्मका लागि कक्षाहरू स्थगन गरिएको उल्लेख छ।

सहायक क्याम्पस प्रमुख ओझाले आफ्नो कार्यकाल सकिएका कारण गत वैशाखमै राजीनामा दिएको नेपाल लाईभलाई जानकारी दिए।

उनले भने,‘ मैले त गत वैशाखमै राजीनामा दिएको हुँ। मेरो कार्यकाल पूरा भएर नै राजीनामा दिएको हो। स्ववीयु निर्वाचन गर्नु पर्ने जिम्मेवारी भएका कारण ढिलो गरि राजीनामा दिएँ। क्याम्पसमा मेरो कुनै विवादका कारणले होइन। सहायक क्याम्पस प्रमुखको कार्यकाल दुई वर्षको मात्रै हुन्छ। म सहायक क्याम्पस प्रमुखको पदमा नरहे पनि क्याम्पसको प्राध्यापन क्षेत्रमा यथावत नै छु।’

त्यसैगरि बीबीए कार्यक्रम निर्देशक रिता मास्केले काम गर्ने वातावरण नभएका कारण आफू र सहनिर्देशक केशर खातीले राजनीमा दिएको नेपाल लाइभलाई बताइन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalPolitic
Comments (0)
Add Comment