वातावरण दिवसमा सांग्रिलाको साइकल र्‍याली

११ जेठ, काठमाडौं । इन्धन जोगाऔँ, पृथ्वी बचाऔँ भन्ने नाराका साथ सांग्रिला डेभलपमेण्ट बैंकले विश्व वातावरण दिवसका अवसरमा आगामी जेठ २० गते डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्‍याली आयोजना गर्ने भएको छ ।

बैंकले गत वर्ष पनि वातावरण दिवसका दिन पहिलो बृहत् साइकल र्‍याली सफलतापूर्वक सम्पन्न गरेको थियो । साइकल र्‍यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, सेयरधनी एवं यस बैंकका शुभचिन्तकलगायतको सहभागिता रहने बताइएको छ ।

र्‍याली बिहान सात बजे बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयबाट सुरु भई झण्डै १० किलोमिटर यात्रापछि सानो गौचरणमा सम्पन्न हुने बैंकले जनाएको छ । साइकल र्‍यालीबाट सांग्र्रिला डेभलपमेन्ट बैंकले वातावरण प्रवद्र्धनप्रतिको उत्तरदायित्व आत्मसात् गर्दै इन्धनको मितव्ययिता एवं साइकलजस्तो वैकल्पिक यातायातको साधन प्रयोग गरी प्रदूषण नियन्त्रणमा टेवा पुर्‍याउन समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास लिएको छ ।

र्‍यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनो स्वरूप बिरुवा प्रदान गरिनुका साथै नाम दर्ता गर्ने पहिलो तीन सयजनालाई टिसर्टसमेत प्रदान गरिने बैंकले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment