सुनको भाउ तोलामा ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

०९ जेठ, काठमाडाैं । सुनको भाउ मंगलबार तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेर १ लाख ९ हजार २०० रुपैयाँमा तोकिएको छ । सोमबार भाउ स्थीर रहँदै १ लाख १० हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै मंगलबार तेजावी सुनको भाउ पनि ८०० रुपैयाँले घटेर १ लाख ८ हजार ७०० रुपैयाँमा खरिद बिक्री भैरहेको छ । सोमबार भाउ स्थीर रहँदै तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

चाँदीको भाउ मंगलबार तोलाको १ हजार ३६५ रुपेयाँमा खरिद बिक्री भैरहेको छ । सोमबार तोलामा १० रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९६१ दशमलव ६१ पैसामा कारोबार भइरहेको छ भने चाँदी २३ रुपैयाँ ५२ पैसामा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilvernepalNewsPolitic
Comments (0)
Add Comment