कामीरिताले गरे २८औं पटक सगरमाथा आरोहण

०९ जेठ, काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २८औं पटक सगरमाथा आरोहण गरेका छन्।

उनले मंगलबार बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको सफल आरोहण गरेको आधारशिविरमा रहेका पर्यटन विभागका अनुगमन संयोजक खिमलाल गौतमले बताएका छन्।

सोमबार मात्रै पासाङ दावा शेर्पाले २७औं पटक आरोहण गरेर उनीसँग बराबरी गरेका थिए। त्यसको दोस्रो दिन नै कामरिताले सवैभन्दा धेरैपल्ट सगरमाथा आरोहण गर्ने किर्तिमानी एकलौटी गरेका हुन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment