अहिले दलीय अंकुश छ, मुठ्ठीभर नेताहरुको हालीमुहाली छः प्रभु साह

०८ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रभु साहले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुबारे छलफल हुन्छ कि हुँदैन? भन्दै प्रश्न गरेका छन्।

सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद साहले भने, ‘हामी बडा उत्साहका साथ नीति तथा कार्यक्रमको छलफलमा सहभागी भएका छौं। झण्डै ६ दिन छलफल चल्ने छ। यो छलफलबाट उठेका सकारात्मक कुराको विषयमा सम्बोधन हुन्छ कि हुँदैन?,’ उनले भने, ‘नीति तथा कार्यक्रम छलफलको क्रममा परिमार्जन हुन्छ? के थपगढ हुन्छ? संशोधन हुन्छ? जब कमा र फुलिष्टपसमेत परिवर्तन हुँदैन भने, यसरी छलफलको औचित्य कसरी पुष्टि गर्नुहुन्छ? के संसद्को सर्वोच्चता यसैलाई भन्छ?’

उनले संसद्लाई दुनियाँमा नीति निर्माण गर्ने थलोको रुपमा बुझेको बताउँदै बजेट निर्माण गर्ने अख्तियार संसद्‌मा रहेको दाबी गरे। सांसद साहले संसद्‌मा बोल्ने र ताली बजाउने भएको व्यङ्ग्य गरे।

संसद्‌मा कसैले दुई घण्टा बोलेको, कसैले बोल्न नपाएको र बोलेका कुराको सुनुवाइसमेत नभएको उनले गुनासो गरे। ‘अहिले देशमा लोकतन्त्र छैन। लोकतन्त्र भनेकै स्वतन्त्रता हुन्छ। अंकुश हुँदैन। अहिले दलीय अंकुश छ। मुठ्ठीभर नेताहरुको हालीमुहाली छ’, उनले भने, ‘यस्तो प्रणालीबाट देशको उन्नति र प्रगति हुँदैन।’

उनले दल एण्ड कम्पनीको शासन चलिरहेको बताए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment