कांग्रेसले राष्ट्रको नेतृत्व गर्ने सामर्थ्य गुमाइसक्यो : महासचिव पोखरेल

०६,जेठ दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसले राष्ट्रको नेतृत्व गर्ने सामर्थ्य गुमाइसकेको बताएका छन् ।

४०औँ नेत्रलाल पौडेल अभागी स्मृति दिवस समारोहमा बोल्दै महासचिव पोखरेलले कांग्रेस आफ्नो खुट्टामा आफैँ उभिन नसक्दा साना दलले च्याँखे थापेर देशलाई अस्थिर बनाएको बताए । ‘हामीले कांग्रेसलाई एक्ला एक्लै चुनाव लडौँ भनेका हौँ । तर,कांग्रेसले आँट नगरेर माओवादीको साथ लियो । जसका कारण साना दलले च्याँखे थाप्न पाएका छन् ।’

राष्ट्रको नेतृत्व गर्ने सामर्थ्य गुमाएकाले कांग्रेसले एक्लै चुनाव लड्न आँट नगरेको उनले बताए । राष्ट्र र राष्ट्रिय स्वाधीनताको नेतृत्व एमालेले मात्रै गर्न सक्ने भन्दै महासचिव पोखरेलले नेपालको हित नचाहने शक्ति एमालेलाई कमजोर बनाउन अन्य दलको मोर्चा बन्दी गराएको दाबी गरे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment