सुनको भाउमा एकैदिन ११ सय रुपैयाँले गिरावट

०३ जेठ, काठमाडाैं । बुधबार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउमा गिरावट आएको हो ।

मंगलबार प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा आज छापावाला सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घटेको हो ।

यस्तै मंगलबार प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँ तोकिएको तेजावी सुनको भाउ आज १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुनको भाउमा भने आज १ हजार ५० रुपैयाँले गिरावट आएको हो ।

यता मंगलबार १ हजार ३७५ रुपैयाँ निर्धारण गरिएको चाँदी बुधबार सामान्य घटेको छ । लगातार चार दिनदेखि स्थिर रहेको चाँदीको भाउमा आज ५ रुपैयाँले गिरावट आएको हो । आज चाँदीको बजार मूल्य १ हजार ३७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९९१ दशमलव ८५ पैसामा कारोबार भइरहेको छ भने चाँदी २३ रुपैयाँ ७७ पैसामा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalSilpa Setty
Comments (0)
Add Comment