आईओसीले घटाएर पठायो पेट्रोलियम पदार्थको मूल्य

०२ जेठ, काठमाडाैं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

आईओसील मे १६ तारिखमा पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटेर आएको निगमले जनाएको छ ।

आईओसीले हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

आईओसीले मूल्य घटाएर पठाए पनि सञ्चिति नोक्सान देखाउँदै नेपाल आयाल निगमले मूल्य समायोजन गरेको छैन।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment