विचौलियाले बजेट बनाउँछन्, अर्थमन्त्रीले पढ्छन् : सांसद सिंह 

३१ वैशाख, काठमाडौं । संघीय सांसद डा अमरेशकुमार सिंहले नेपालको बजेटसमेत विचौलियाले बनाउने गरेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी बहस कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले नीति नै भ्रष्टाचार हुनेगरी बनाउने गरिएको भन्दै खबरदारी आवश्यक रहेको बताए। ‘अन्तिम समयमा आएर विचौलियाले बजेट बनाउँछन्। अर्थमन्त्रीले सदनमा आएर पढ्छन्। अनि सर्वदलीय संसद्ले त्यसलाई चोख्याइदिन्छ’, उनले भने।

उनले नेपालमा दुई किसिमले भ्रष्टाचार हुने गरेको बताउँदै सबैभन्दा नीतिगत भ्रष्टाचार डरलाग्दो अवस्थामा रहेको टिप्पणी गरे। ‘दुईथरीको भ्रष्टाचार छ। पहिलो इभेन्ट बेसिस र अर्को पोलिसी बेसिस। पोलिसी बेसिस क्रप्सन डरलाग्दो छ।’

साथै सांसद सिंहले टोपबहादुर रायमाझी फरार हुनुमा प्रधानमन्त्री नै कारक भएको आरोप लगाएका छन्। तीनवटै दलहरु भ्रष्टाचारी जोगाउन लागिपरेको भन्दै उनले ठूला भनिएका दलहरु विदेशीको ईशारामा चल्ने गरेको बताए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment