कांग्रेसका महासमिति सदस्य खड्का जुवाखालबाट पक्राउ

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य रामचन्द्र खड्कासहित ११ जना जुवा खालबाट पक्राउ परेका छन्। नयाँ बानेश्वरस्थित कात्यानीचोकबाट प्रहरी वृत्त नयाँ बानेश्वरले खड्कासहित ११ जनालाई पक्राउ गरेको हो।

खड्का २०७० सालको संविधान सभा निर्वाचनमा रामेछाप–२ बाट उम्मेदवार बनेका थिए। पछि उनी पराजित भए। उनी रामेछाप कांग्रेसका पूर्वसभापतिसमेत हुन्।

सगोल कोइरालाको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा वृत्त बानेश्वरबाट खटिएको टोलीले खड्कासहितका व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा खड्कासहित ४८ वर्षीय जय सूर्यवंशी, ४४ वर्षीय खड्गबहादुर रजन, ६५ वर्षीय श्यामभक्त मुनाकर्मी, ३६ वर्षीय जोर्तेन्द्र खत्री,२९ वर्षीय मुकेश राज गिरी, ४१ वर्षीय कुमार ढुंगेल खत्री, ४५ वर्षीय गुरुप्रसाद आचार्य, ३६ वर्षीय दुधराज वन, ३१ वर्षीय भविन्द्र केसी र ४७ वर्षीय चुडामणी केसी रहेका र उनीहरुबाट ८ लाख १० हजार रुपैयाँ र १२ बुक तास बरामद भएको प्रहरीले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalPolitic
Comments (0)
Add Comment