देश र जनतामाथि गद्धार गर्नेहरूलाई जेलमा हाल्नुपर्छः मन्त्री किराती

३० बैशाख, काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश र जनतामाथि गद्धार गर्नेहरूलाई जेलमा हाल्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा बाहिङ किरात मुलुखिमले आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली सभ्यतामाथि नै धोका भएको पनि बताए । नेपालीलाई सुख, नेपालको विकास र समृद्धि होस् भनेर लोकतन्त्र ल्याएको भन्दै उनले अहिले लोकतन्त्रमा लुटतन्त्र चलेको टिप्पणी गरे ।

अब ढिलो नगरी ठूलाठूला भ्रष्टाचारका फाइलहरू खोल्नुपर्ने र यसमा आम नागरिकबीच एकता हुनुपर्नेमा उनले जोड दिए । हिजो देशको गृह प्रशासन चलाउनेहरू नागरिकलाई शरणार्थी बनाएकै कारण जेलमा रहेको उनको भनाइ छ । अहिलेको शत्रु भ्रष्टाचार र अशिक्षा भएकाले यसको अन्त्य हुनुपर्ने उनले उल्लेख गरे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment