बढ्यो डलरको भाउ, आज कतिमा कारोबार ?

२९ बैशाख, काठमाडौं । आज अमेरिकी डलरको भाउ बढेको छ। हिजो १ को खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा रहेको डलर आज खरिदमा १३१ रुपैयाँ ५ पैसा र बिक्रीमा १३१ रुपैयाँ ६५ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार युरो आज खरिदतर्फ १४३ रुपैयाँ १५ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८० पैसा तोकिएको छ। बेलायती पाउन्ड स्टर्लिङ आज खरिदमा १६४ रुपैयाँ ७७ पैसा र बिक्रीमा १६५ रुपैयाँ ५२ पैसा तय भएको छ।

अस्ट्रेलियन डलर आज १ को खरिदमा ८८ रुपैयाँ २९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९८ रुपैयाँ २५ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९९ रुपैयाँ ११ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ७४ पैसा र बिक्रीमा ९ रुपैयाँ ७८ पैसा तय गरिएको छ।

चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ८९ पैसा र बिक्रीमा १८ रुपैयाँ ९८ पैसा तय गरिएको छ।

साउदी रियाल खरिदमा ३४ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३५ रुपैयाँ १० पैसा, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १४ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा तय भएका छन्।

मलेसियाको रिंगिट १ को खरिदमा २९ रुपैयाँ ३७ पैसा र बिक्रीमा २९ रुपैयाँ ५० पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ८६ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ९१ पैसा कायम भएका छन्।

कुवेती दिनार १ को खरिदमा ४२७ रुपैयाँ ४४ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ४० पैसा तथा बहराइनको दिनार खरिदमा ३४७ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३४९ रुपैयाँ २३ पैसा तय गरिएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment