४६ लाख ४९ हजार रुपैयाँमै आयो टाटा नेक्सन ईभी म्याक्स

२८ बैशाख, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन ईभीको लङ रेन्ज भर्सन नेक्सन ईभी म्याक्स सार्वजनिक गरेको छ । ४५३ किलोमिटरको रेन्ज दिने दावी गरिएको सो ईभीको मूल्य ४६ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा पहिले देखि नै टाटा नेक्सन ईभी लोकप्रिय रहे पनि अझै परिस्कृत भर्सनको रुपमा ईभी म्याक्स नेपाली बजारमा उपलब्ध भएको हो ।

नेपाली बजारमा पछिल्लो समयमा १०० किलोवाट मोटर क्षमताका ईभीको प्रयोग बढ्दै गए अनुसार नेक्सन ईभी म्याक्समा पनि १०० किलोवाटको मोटर दिइएको छ । १०० किलोवाट सम्मको भन्सार महसुल कम भएकाले पनि यस्ता गाडी नेपाली बजारमा बढ्दै गएका छन् ।

नेक्सन ईभी म्याक्स एक्सजेड र एक्सजेड प्लस लक्जरी गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । नेक्सन ईभी म्याक्समा ४०।५ किलोवाट आवरको ब्याट्री प्याक हुनेछ। जसमा मल्टी मोड रिजन, सबै चारवटा डिस्क ब्रेक, आई–भीबीएसी सहितको ईएसपी, अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, मल्टी ड्राइभ मोड, वायरलेस स्मार्टफोन चार्जर, ज्वेल्ड कन्ट्रोल नब र क्रुज कन्ट्रोल लगायतका विशेषता छन् ।

त्यसैगरी एक्सजेड प्लस लक्जरीमा यी भन्दा बाहेक थप विशेषताको रुपमा इलेक्ट्रिक सनरुफ, भेन्टिलेसन सहितको लेदर फ्रन्ट सिट, अल न्यु मकारना ब्याज इन्टेरियर, अटो डिमिङ आईआरभीएम र एयर प्युरिफायर जस्ता विशेषता छन् ।

नेक्सन ईभी म्याक्समा भएको मोटरले १४३ एचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । टाटा मोटर्सका अनुसार ३.३ किलोवाट आवरको चार्जरले करिव १५ घण्टामा फुल चार्ज गराउछ भने ७.२ किलोवाट आवरको चार्जरले ५ देखि ६ घण्टामा । कुनै पनि परम्परागत ५० किलोवाट आवरको चार्जरले चार्ज गर्दा ५६ मिनेटमा ० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिने बताइएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment