देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक, पत्रकारलाई गेटभित्र प्रवेश निषेध

२८ वैशाख, काठमाडौं । नोपली कांग्रेसको आकस्मिक पदाधिकारी बैठकको रिपोर्टिङमा पुगेका पत्रकारहरुदाई देउवा निवास प्रवेशमा रोक लगाइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज आकस्मिक बैठक बोलाएका थिए । देउवा निवास धुम्बाराहीमा भएको बैठकको रिपोर्टिङमा गएका पत्रकारहरु करिब डेढ घन्टादेखि बाहिरै छन् ।

पत्रकारहरुले बैठकको फोटो तथा भिडिओ खिच्न पटक पटक आग्रह गर्दा पनि गेटबाट भित्र जान दिइएकाे छैन । गेटका सुरक्षाकर्मीले पत्रकारहरुको सूचना पठाउँदा अहिले बैठकस्थलमा प्रवेश नदिनु भन्ने आदेश आएको बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका वरिष्ठ नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि देउवाले बैठक बोलाएका हुन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment