शिशु बुद्धलाई लुम्बिनीबाट तिलाैराकोट लगियाे

२३ वैशाख, कपिलवस्तु । मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकको रूपमा लुम्बिनीबाट शिशु बुद्वलाई कपिलवस्तुकाे तिलाैराकाेट लगिएकाे छ । सिद्वार्थ गाैतमलाई बुद्वपूर्णिमाकाे अर्काे दिन लुम्बिनीबाट गसहनगर प्राचीन कपिलवस्तु लगिएकाे थियाे ।

साेही दिनकाे प्रतीकका रूपमा शनिबार लुम्बिनीबाट बाेधिसत्व सिद्वार्थलाई तिलाैराकाेट दरबार लगिएकाे हाे । लुम्बिनी विकास काेषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई शिशु बुद्व (बाेधिसत्व सिद्वार्थ) काे धातुकाे मूर्ति हस्तान्तरण गरेपछि प्राचीन तिलाैराकाेट दरबार पठाइएकाे हाे ।

बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्वलाई गृहनगर तिलाैराकाेट फर्कँदाकाे क्षणलाई स्मरण गरी बाेधिसत्व बुद्वकाे मूर्तिकाे शाेभायात्रा गरिएकाे काेषका सदस्य सचिव सानुराजा शाक्यले बताए । 



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment