धौलागिरी लघुवित्त ४१ लाख घाटामा

२१ वैशाख, काठमाडाैं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासमा ४१ लाख ६ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत वर्ष यही अवधिमा संस्थाले ३ करोड ७० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको लघुवित्तीय संस्थाले ४ करोड ५ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको हो ।

संस्थाले जगेडा कोषको आकार पनि ५३.१२ प्रतिशतले घटेर ५ करोड १ लाख रुपैयाँमा खुम्चिएको छ । गत आवको सोही अवधिमा जगेडा कोषमा १० करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको थियो । चैत मसान्तसम्म संस्थाले संस्थाले ५१ करोड ६२ लाख रुपैयाँ सापटी लिई १ अर्ब ३६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट कम्पनीले ६ करोड १० लाख खुद ब्याज आम्दानी गरेको छ ।

गत वर्ष यही अवधिमा संस्थाले ६१ करोड १३ लाख रुपैयाँ सापटी लिई १ अर्ब ४४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो । जसबाट गत आवको सोही अवधिमा लघुवित्तले ७ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । दश करोड ३१ लख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्त कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३१ पैसाले ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६१ पैसा छ ।

लघुवित्तको खराब कर्जा अनुपात बढे १२.४५ प्रतिशत पुगेको छ भने कष्ट अफ फन्ड ९.३५ प्रतिशत, स्पे्रडदर ५.३५ प्रतिशत, र रिटर्न अन इक्वीटी ५.७९ प्रतिशत रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment