सानिमा माई हाइड्रोपावरद्धारा ९ महिना पौने ३६ करोड खुद नाफा आर्जन

२१ वैशाख, काठमाडाैं । सानिमा माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्म ३५ करोड ८२ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ९ करोड १८ लाख ३० हजारले कम हो ।

गत आवको सोही अवधिमा कम्पनीले ४५ करोड ६० हजार रुपैयाँ नाफा कमाएकोमा समीक्षा अवधिमा २०.४० प्रतिशतले खुद नाफा घटेको हो । यस्तै कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १६.१७ प्रतिशतले घटेर ६२ करोड ३ लाख ७० हजार रुपैयाँमा झरेको छ । गत आवको सोही अवधिमा विद्युत बिक्रीबाट ७४ करोड ४७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको परियोजना सञ्चालन खर्च पनि ५ करोड ९४ लाख ८८ हजार रुपैयाँबाट बढेर ६ करोड ८० लाख ५७ हजार रुपैयाँ पुगेको छ । चैतसम्म कम्पनीको खुद विद्युत बिक्री आय ५५ करोड २३ लाख १३ हजार रुपैयाँ रहेको छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४६ पैसा कायम भएको छ । गत आवको सोही अवधिसम्म वार्षिक १९ रुपैयाँ ४२ पैसा थियो । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ८० पैसा रहेको छ । सानिमा माईको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको रिटेन अर्निङ ३६.०५ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिसम्म ८२ करोड १३ लाख २६ हजार रुपैयाँ रहेकोमा चालु आवको चैत मसान्तसम्म १ अर्ब ११ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, समीक्षा अवधिमा कम्पनीके वित्तीय खर्च १४.६१ प्रतिशतले घटेर ९ करोड २४ लाख २० हजार कायम भएको छ भने वित्तीय आम्दानी २ कोड ७३ लाख ४७ हजारबाट बढेर ३ करोड ७४ लाख ४८ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात २१.८० गुणा छ ।

कम्पनीले पाँचवटा सहायक कम्पनीहरुमा करिब २०० प्रतिशतले वृद्धि गर्दै ३ अर्ब ६२ करोड ९५ लाख ७२ हजार रुपैयाँ लगानी गरेको छ । गत आवको सोही अवधिमा १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ रहेकोमा कम्पनीको लगानी १९६ प्रतिशतले बढेको हो । कम्पनीले १ अर्ब ७४ करोड रुपैयाँ ७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ । जसअनुसार श्वेतच गंगा हाइड्रोपावरमा ४५ करोड, सानिमा मिडल तमोरमा ५३कोड ३२ लाख, माथिल्लो मैलुङ्गमा २३ करोड ७५ लाख, वभारी कन्ट्रक्सनमा २ करोड र सानिमा जुम हाइड्रोपावर लिमिटेडमा ५० करोड रहेको छ ।

समीक्षा अवधिमा १ अर्ब २४ करोड ७ लाख लगानी गरिसकेको छ । सानिमा जुम हाइड्रोपावर लिमिटेडमा कम्पनीले पहिलो चरणमा २ करोड ८५ लाख अग्रिम भुक्तानी गरेको छ भने बाँकी ४७ करोड ५० लाख लगानी गर्न बाँकी रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment