पूर्वउपप्रधानमन्त्री टाेपबहादुर रायमाझीलाई महत्सवबाटै पक्राउ गर्ने प्रहरीकाे तयारी

२० वैशाख, काठमाडौं । तत्कालीन ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने कार्यमा रायमाझीका बाबु-छाेराकाे संलग्नता रहेकाे भन्दै काठमाडौं प्रहरीले जिल्ला अदालत उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेकाे हाे।

प्रहरीले यसअघि नै टाेपबहादुरका छाेरा सन्दीपकाे साथबाट यसै कारणमा संलग्नता रहेकाे पुष्टि हुने गरी दुई कराेड बराबरकाे चेकसमेत बरामद गरिसकेकाे थियाे।

काठमाडाैँमा पक्राउ पुर्जी जारी भइरहँदा टोपबहादुर रायमाझी अर्घाखाँचीकाे छत्रदेवमा आयाेजित महेन्द्र विधाबोध माध्यमिक विद्यालयकाे हिरक महोत्सवमा सहभागी भइरहेका छन्। उनी उक्त महाेत्सवमा सभामुख देवराज घिमिरेकाे साथमा छन्।

पक्रउ पुर्जी जारी भएसँगै प्रहरी परिसर काठमाडाैँले रायमाझीलाई अर्घाखाँचीबाटै पक्राउ गर्ने गरी जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएकाे छ। रायमाझीलाई अहिले महत्सवबाटै पक्राउ गर्ने प्रहरीकाे तयारी गरिएकाे छ।



मल्टिमिडिया ग्यालरी

arghakhachicrimedigital khabarnepalNewsPolitictopbahadur rayimajhiuml
Comments (0)
Add Comment