कडा सुरक्षाबिच भानु स्मारकको पुनरनिर्माणलागि सिलान्यास 

१६ बैशाख, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं.२ स्थित भानु स्मारक पुनरनिर्माण हुने भएको छ ।

मधेस आन्दोलनको समयमा आक्रोशित भिडद्वारा भत्तकाइएको आदिकवी भानुभक्त आचार्यको स्मारक पुनरनिर्माणका लागि शनिबार बिहान कडा सुरक्षाबीच शिलान्यास गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले ईटा र सिमेन्ट हालेर भानु भक्तको स्मार पुनरनिर्माणको लागि शिलान्या गरेका हुन ।

लोकतान्त्रिक विद्यार्थी संगठन,जनमत निकटका विद्यार्थी संगठन लगायतका चार विद्यार्थी संगठनहरुले भानुभक्तको स्मारक निर्माण गर्नु मधेश आन्दोलनको मर्म विपरीत रहेको भन्दै स्मारण शिालान्यस कार्यक्रमको विरोध गरेका छन् ,। मधेशी शहीद रमेश महतोको स्मारक निर्माण हुनु पर्ने माग अघि सारेका छन् ।

शनिबार बिहान एकातिर भानुभक्त आचार्यको स्मारक स्थापनार्थ शिलान्यास गरिएको छ भने अर्को तर्फ भानुचोकमा स्मारक निर्माणको विपक्षमा रहेकाहरुले चर्को नारबाजी गर्दै भानुचोक मिल्स एरिया सडक खण्ड अवरुद्ध समेत पारेका थिए ।  शिलान्यासपछि प्रदर्शनकारीहरुले टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

यता मेयर मनोज कुमार साहले केही दिनमै सर्वपक्षीय छलफलको आयोजना गरेर यस समस्याको साधानका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

digital khabarJanakpurnepalNews
Comments (0)
Add Comment