यादवको निर्वाचन क्षेत्रमा खुसियाली

१४ बैशाख, काठमाडौं । बारा क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएपछि उनको पुरानो निर्वाचन क्षेत्र सप्तरीमा खुसियाली मनाइएको छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट पराजित भएका अध्यक्ष यादव पछिल्लोपटक बाराको क्षेत्र नं. २ बाट उपनिर्वाचनमा निर्वाचित भएपछि उनका समर्थकले बुधबार सदरमुकाम राजविराजमा दीप प्रज्वलन गरी खुसियाली मनाएका हुन् ।

जसपा जिल्ला समन्वय समितिको आयोजनामा विजयी जुलुस तथा स्थानीय गजेन्द्र चौकमा दीप प्रज्वलन गरिएको छ । दीप प्रज्वलनमा जसपा नेता एवं राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, मधेस प्रदेशका पूर्वउपसभामुख उपमा देव, महिला नेतृ एवं प्रदेशसभा सदस्य किरणकुमारी साह, जिल्ला अध्यक्ष केदार यादव, युवा नेता किशोर यादव, महिला नेतृ रमिलादेवी साहलगायत उल्लेख्य संख्यामा जसपाका नेता कार्यकर्ता सहभागी भए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment