राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे सदनलाई जानकारी गराउन माग

१३ वैशाख, काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे सदनलाई जानकारी गराउन माग गरेकी छिन्।

बुधबारको राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनले राष्ट्रपति करिब १० दिनदेखि भारतमा उपचार गराइराखेको र बिरामी भएको आफूले सुनेको, तर आधिकारिक जानकारी नपाएको बताइन्।

‘सरकारबाट यसको आधिकारिकता र उहाँलाई के भएको हो, नेपालमा त्यसको उपचार हुन्थ्यो कि हुँदैनथ्यो, उहाँको सुधार कस्तो भइरहेको छ? यो विषयमा सरकारले जनताहरुको लागि सदनमा जानकारी गराउनुपर्छ जस्तो मलाई लाग्छ,’ उनले भनिन्।

उनले राष्ट्रपति देशको अभिभावक भएको र अभिभावक बिरामी भएर छिमेकी देशमा उपचार गराइरहेको स्मरण गराइन्।

सांसद राईले वीर अस्पतालमा भीभीआईपीको उपचारका लागि राखिएको कक्षमा धुलो लागेको तर भीभीआईपीहरु धेरैजसो बाहिरै गएर उपचार गरिरहेको बताइन्। ‘कुन–कुन रोगको नेपालमा उपचार हुँदैन। र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने कुरामा पनि सरकारले ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ,’ उनले भनिन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment