पन्ध्र दिनभित्र तार व्यवस्थापन नगरे आफैँ हटाइदिने महानगरपालिकाको चेतावनी

१२ वैशाख, काठमाडाैं । काठमाण्डौं महानगरपापलकाले अव्यवस्थित तार तत्काल व्यवस्थापन गर्न आग्रह गरेको छ ।

महानगरपालिकाले आज सार्वजनिक सूचना निकालेर बिजुली, टेलिफोन, इन्टरनेट, केबललगायतका सेवा प्रदायक कम्पनीहरुलाई तार हटाउन आग्रह गरेको हो ।

महानगरले १५ दिन भित्र उक्त तार व्यवस्थापन नगरे आफैंले तार हटाइदिने चेतावनी दिएको छ । अव्यवस्थित तारले शहरी सुन्दरतामा ह्रास पुर्याएको, आगलागीलगायत विद्युतीय दुर्घटना बढाएको र सार्वजनिक आवागमनमा समेत असर गरेको महानगरको ठहर छ ।

महानगरपालिकाले पटक पटक तार व्यवस्थापन गर्न भनेतापनि सरोकार निकायले अटेर गरेको भन्दै १५ दिनको समय दिएको हो । सेवा प्रदायकले केवल सजिलोसँग छुट्याउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनु पर्ने पनि महानगरपालिकाको सूचनामा उल्लेख छ ।

४०० भोल्ट लाइन (नाङ्गो तार)मा ८० सेमी, ४०० भोल्ट लाइन (इन्सुलेटेड तार)मा ३० सेमी, ११ केभी–३३ केभीमा २ मिटर र अन्य ४०० भोल्टका उपकरणमा ७५ सेमीको दूरी राख्न पाउने व्यवस्था छ भने अप्टिकर फाइबर र जमिन सतहबीचको न्यूनतम दूरी भने प्रदल मार्गमा २.४ मिटर र सडक मार्गमा ५.५ मिटर कायम गर्नु पर्ने व्यवस्था रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment