महिन्द्रा एक्सयुभी ३०० नेपाली बजारमा

०८ वैशाख, काठमाडौं । महिन्द्रा एक्सयुभी-३०० नेपाली बजारमा भित्रिएको छ । विभिन्न चार भेरियन्टमा उपलब्ध यसको प्रारम्भिक मूल्य ४२ लाख ९५ हजार रुपैयाँ रहेको छ । नेपालमा नयाँ ग्राहकलाई स्वागत गर्न डब्ल्यु ४ भेरियन्टलाई २०१९ मा जस्तै परिचयात्मक मूल्यमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । शक्तिशाली इन्जिन, उन्नत सुविधा र स्टाइलिस डिजाइनसाथ एक्सयुभी-३०० ले नेपाली ग्राहकलाई असाधारण ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । यसमा डुअल फ्रन्ट एयरब्याग, इबिडीसहितको एबिएस, रिभर्स पार्किङ सेन्सर र अन्य धेरै सुरक्षा सुविधा छन्, जसले प्रत्येक यात्रामा यात्रुको सुरक्षा सुनिश्चित गर्छ ।

एक्सयुभी-३०० ले ग्लोबल एनसिएपी सुरक्षा परीक्षणहरूमा पनि ५-स्टार रेटिङ प्राप्त गरेका कारण नेपाली सडकका लागि भरपर्दो र सुरक्षित विकल्प बनाएको कम्पनीको भनाइ छ । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका इन्टरनेसनल अपरेसन प्रमुख सचिन आरोलकरले एक्सयुभी-३०० लाई बजारको अद्वितीय आवश्यकता पूरा गर्ने नयाँ भेरियन्ट मिक्सका साथ नेपालमा ल्याउन पाउँदा उत्साहित भएको बताउनुभयो । डब्ल्यु ४ को मूल्य ४२ लाख ९५, डब्ल्यु ६ को मूल्य ४९ लाख ९५ हजार, डब्ल्यु ८ को ५७ लाख ५० हजार र डब्ल्यु ८ ओको मूल्य ६० लाख रुपैयाँ रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment