भीमफेदी कारागारका कैदीको उपचारका क्रममा मृत्यु

६ वैशाख, हेटौंडा। भीमफेदी कारागारका कर्तव्य ज्यान मुद्दाका एक जना कैदिबन्दीको उपचारको क्रममा मृत्यु भएको छ ।

कारागारमा रहेका मनहरी गाउँपालिका ६ लोथरका ३५ वर्षीय समिर परियार बिहान करिब ११ बजेतिर एक्कासी आफैं बेहोस भई ढलेपछि उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो।

परियारको उपचारको क्रममा १२:२० बजे डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment