काेराेना: भारतमा फैसिलरहेको भेरियन्टसहित नेपालमा अन्य ८ भेरियन्ट पुष्टि

२० चैत्र, काठमाडौं । नेपालमा कोरोना भाइरसका नयाँ भेरियन्ट पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभरबाट संकलन गरिएका २४ वटा नमुना परीक्षण गर्दा २४ वटै नमुनामा ओमिक्रोनका सब भेरियन्ट पुष्टि भएको जनाएको छ ।

परीक्षण गरिएका २४ वटा नमुनामध्ये २ जनाका बीए.१.१, दुई जनामा वटामा बीए.१.२, एक जनामा बीए.२ं७६, दुई जनामा बीए.५, दुई जनामा बीए.२.५, १० जनामा एक्सबीबी.१.१६, तीन जनाका एक्सबीबी.१.५, एक जनामा एक्सबीबी.२.६, र एक जनामा एक्सबीएफ देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

छिमेकी मुलुक भारतमा एक्सबीबी.१.१६ को संक्रमण फैलिरहेको हुँदा सिमानाकाबाट आवतजावत गर्ने शंकास्पद लक्षण भएका यात्रुहरूको सिमानाकामा रहेका हेल्थ डेस्कमा परीक्षण गराई संक्रमित भएमा उनीहरूलाई अस्पतालमा उपचार गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै संक्रमणबाट जोगिनका लागि जनस्वास्थ्यका मापदण्डको पालन गर्न र गराउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment