थप ७६ जनामा कोरोना संक्रमण

२० चैत, काठमाडौं । नेपालमा ७६ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक हजार एक सय ५१ जनाको परीक्षण गरिएकोमा ७६ जनामा संक्रमण पुष्टि भएको हो।

१६ जना भने डिस्चार्ज भएका छन्। यस्तै २२७ जना सक्रिय संक्रमित छन्।

गत दुई सातादेखि भारतमा पनि संक्रमण बढिरहेकाले नेपालमा पनि संक्रमण बढिरहेको हो।

स्वास्थ्य मन्त्रालयले पनि छिमेकी भारतमा संक्रमण बढेपछि स्वदेश छिर्ने नाकामा कडाइ गर्न थालेको छ। मन्त्रालयले अहिले नाकामा भित्रिने व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएका व्यक्तिहरूको परीक्षण गर्दै आएको छ।

साथै संक्रमण बढेपछि मन्त्रालयले सर्वसाधरणलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment