यामाहाको ‘पावर अफ फाइभ’ उपहार योजना

१८ चैत, काठमाडाैं । नयाँ वर्ष २०८० का अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले पावर अफ फाइभ नामक योजना ल्याएको छ । योजनाअन्तर्गत यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम् ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्न सकिनेछ ।

त्यस्तै, खरिदपछि फेरि वाइल्ड कार्डमार्फत् एक लाखसम्मको ग्यारेन्टी क्यासब्याक र तीन भाग्यशाली विजेताले रेफरल कोड सेयर गरी साप्ताहिकरूपमा आइफोन १४ वा एप्पल वाच वा एप्पल एयरपोड््स जित्ने मौका पाउने कम्पनीले जनाएको छ । योजना आर १५, एमटी १५-फयासिनो मोडलबाहेकमा मात्र लागू हुनेछ । कम्पनीले योजनाअन्तर्गत पाँचवटा अफर ल्याएको छ ।

एमएडब्लु यामाहाका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्री भन्नुहुन्छ, ‘हामी २०८० का लागि ‘पावर अफ फाइभ’ अफर सुरु गर्न पाउँदा रोमाञ्चित छौँ । यो योजना ग्राहकलाई अधिकतम् लाभ प्रदान गर्न ल्याइएको हो । यामाहा सिजन २ देखि नै हिमालय रोडिजको साझेदार रहँदै आएको छ र हामीले प्राप्त गरेका सकारात्मक प्रतिक्रियाबाट उत्साहित छौँ ।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment