सामाजिक सुरक्षा कोषमा वृद्ध अवस्था सुरक्षा योजनाको योगदान उच्च

१५ चैत, काठमाडाैं । सामाजिक सुरक्षा कोषको तथ्यांकले वृद्ध अवस्था सुरक्षा कोषमा आबद्ध हुनेको संख्या उच्च भएको देखाएको छ ।

कोषको चैत १४ गतेसम्मको तथ्यांकका अनुसार वृद्ध अवस्था सुरक्षा योजनाबाट २० अर्ब ६४ करोड ७७ लाख ९५ हजार १६५ रुपैयाँ संकलन भएको हो ।

वृद्ध अवस्था सुरक्षा योजना पछि सबैभन्दा धेरै रकम साधारण अवकाश कोष प्राप्त भएको छ । उक्त कोषबाट ६ अर्ब ६२ करोड ९ लाख ७८ हजार २२८ रुपैयाँ संकलन भएको हो ।

दु्र्घटना तथा अशक्तता सुरक्षा योजनाबाट १ अर्ब ३४ करोड ७९ लाख १ हजार ६२५ रुपैयाँ संकलन भएको छ । यस्तै उपचार स्वास्थ्य तथा मातृत्व योजनाबाट ९६ करोड २७ लाख ८७ हजार ९१ रुपैयाँ संकलन भएको छ । अतिरिक्त योगदान कोषबाट ३२ करोड २० लाख १७ हजार ९६६ रुपैयाँ संकलन भएको छ।

यस्तै २९ करोड ७१ लाख १४ हजार ७१ रुपैयाँ अन्य कोषबाट स्थानान्तर गरिएको छ । आश्रित परिवार सुरक्षा योजनाबाट २५ करोड ९९ लाख ५२ हजार ९२१ रुपैयाँ संकलन भएको छ ।

अवकाश प्रतिफल कोषबाट २० करोड १७ लाख २४ हजार ५०१ रुपैयाँ भने विशेष सुविधा अवकाश बचत कोषबाट ७२ लाख ९० हजार १९९ रुपैयाँ संकलन भएको छ र निवृतिभरण प्रतिफल कोषबाट ४२ लाख १२ हजार ९७९ रुपैयाँ जम्मा भएको छ ।

यसैबिच सामाजिक सुरक्षा कोषमा हालसम्म ३० अर्ब ६७ करोड रुपैयाँ जम्मा भएको छ । ४ लाख १६ हजार ९ सय ५० योगदानकर्ताबाट ३० अर्ब ६७ करोड रुपैयाँ जम्मा भएको कोषले जनाएको हो ।

बाग्गती प्रदेशमा १२ हजार २४६ रोजगारदाताबाट ३ लाख २४ हजार २६० जनाले योगदानकर्ता कोषमा आवद्ध भएका छन् । बाग्गती प्रदेशबाट सबैभन्दा धेरै आबद्ध भएका छन् । सबैभन्दा धेरै योगदान गर्ने अर्को प्रदेश कोशी प्रदेश हो । कोशी प्रदेशबाट १ हजार ८६० कम्पनीबाट ३९ हजार ९९ जना कोषमा आवद्ध भएका छन् ।

यस्तै मधेस प्रदेशबाट ८१५ कम्पनीबाट २१ हजार ३०५ योगदानकर्ता सूचीकृत भएका छन् भने गण्डकीबाट १५ हजार ३४९, लुम्बिनीबाट १४ हजार १६७, सुदुरपश्चिमबाट १ हजार १३५ जना आवद्ध भएको छन् । यस्तै सबैभन्दा कम कर्णली प्रदेशबाट सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । सुदुरपश्चिमबाट कुल १ हजार २३९ जना मात्र आबद्ध भएका छन् ।

यस्तै हालसम्म ३ अर्ब ८९ करोड रुपैयाँ दाबी भुक्तानी गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment