चैत १५ देखि १९ गतेसम्म काठमाण्डौंका यी सडकमा सवारी चलाउन नपाइने

१५ चैत, काठमाडाैं । चैत १५ देखि १९ गतेसम्म काठमाण्डौंमा सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने भएकोले विभिन्न सडक बन्द हुने भएका छन् ।

काठमाण्डौं महानगरपालिकाले आज एक सूचना जारी गर्दै पाँच दिनसम्म रथयात्रा हुने सडक बन्द गरिने जनाएको हो ।

जसअनुसार आज (चैत १५) गते तीनधारा पाठशाला हुँदै रत्नपार्क जाने र रत्नपार्कबाट असन जाने सवारीलाई रोक लगाइएको छ ।
यस्तै रथयात्राको दोस्रो दिन भोली असनबाट हनुमनाढोका जाने सवारीलाई निषेध गरिएको छ भने रथयात्राको तेस्रो दिन हनुमानढोका हुँदै मरु, चिकँमुगल, जोशीदेगः,ज्यावहाल, लगन जाने सडक बन्द गरिने छ ।

यस्तै चौथौ दिन लगन चोक वरपरका सडक सावारी आवत जावत बन्द गरिने छन् भने पाँचौ दिन लगनचोकदेखि भित्री एरियाहरु दलाछि, कोहीटी, भीमसेनस्थानलगाएतका सडक बन्द गरिने छ ।



मल्टिमिडिया ग्यालरी

businessnepalNews
Comments (0)
Add Comment