पर्यटनमन्त्री किराँतीले मागे पर्यटन क्षेत्रलाई चलायमान पार्ने सुझाव

१५ चैत, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपालमा पर्यटन क्षेत्रलाई जीवन्त राख्ने सुझावको माग गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै उनले पर्यटनका क्षेत्रमा रहेका सम्भाव्यता र त्यसलाई प्रवर्द्धन गर्नका लागि सुझाव माग गरेका हुन्।

उनले सामाजिक सञ्जाल ट्विटमार्फत भनेका छन्, ‘के गर्दा नेपालको पर्यटन क्षेत्र भाइब्रेन्ट हुन्छ? सुझाव दिनुहोला।’

उनको भनाइप्रति रोशन खड्का नाम गरेका एक ट्विट प्रयोगकर्ताले टिप्पणी गर्दै लेखेका छन्, ’तपाईंलाई सुझाव दिएर काम छैन। लागू गर्न नसक्नेलाई सुझाव दिएर के काम? नेपाल एयरलाइन्सको सुधार गर्नुहोस्। अरू धेरै काम नै गर्नुपर्दैन। फण्टा गरेर काम छैन।’

त्यसैगरी अर्का ट्विटर प्रयोगकर्ताले मन्त्री किँरातीलाई मन्त्रालयकै दराजमा थन्किएका सुझाव पढ्न आग्रह गरेका छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalPolitic
Comments (0)
Add Comment