क्रिकेटर सन्दीप लामिछानेविरूद्दको मुद्दाको सुनुवाइ स्थगित

१३ चैत, काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरूद्दको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्धको उक्त मुद्दाको पेसी आजका लागि तोकिएको थियो । तर, सन्दीपका कानुन व्यवसायीको निवेदनमा सुनुवाइ स्थगित भएको हो ।मुद्दाको पेशी न्यायाधिस माधवप्रसाद घिमिरेको इजलासमा परेको थियो ।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार आजको लागि पेसी स्थगित भएको हो।न्यायाधिस माधवप्रसाद घिमिरेकै इजलासले यसअघि सन्दीपलाई कारागार चलान गरेको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment