मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने देउवा, प्रचण्ड र नेपालबीच सहमति

१३ चैत, काठमाडौं । मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ तीन दलका शीर्ष नेताहरू सहमत भएका छन्।

सोमबार बालुवाटारमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाले मन्त्रिपरिषद्लाई मंगलबार पूर्णता दिइसक्ने सहमति गरेका हुन्।

मंगलबार बेलुकी ४ बजे सत्तापक्षीय दश दलको बैठक बसी मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment