नेपाल प्रहरीका ४ जना डीआईजी एआईजीमा बढुवा सिफारिस

१३ चैत, काठमाडौं । नेपाल प्रहरीका ४ जना नायव महानिरीक्षक (डीआईजी)हरु अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्।

गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा समितिको आज (सोमबार) बसेको बैठकले प्रहरीको जनपद समूहतर्फका ४ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवाका लागि सिफारिस हुने डीआईजीहरुमा सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङ छन्।

बढुवा समितिको सिफारिसलाई मन्त्रिपरिषद्‌को बैठकले अनुमोदन गरे उनीहरुको बढुवा हुनेछ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment