राजीनामाको संकेत गर्दै सांसदले भने– राहुल गान्धी संसदमा छैनन् भने मेरो के काम ?

१३ चैत्र, काठमाण्डाै । भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएपछि देशभर नेता, कार्यकर्ता दुःखी छन् । कतिपय ठाउँमा समर्थकले सडकमै आएर आन्दोलन गरिरहेका छन् ।

यसैबीच तमिलनाडुबाट निर्वाचित कांग्रेस सांसद मणिकम टैगोरले सांसद पदबाटै राजीनामा दिनसक्ने संकेत गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले भने, ‘जब राहुल गान्धी नै संसदमा हुने छैनन् भने मेरो के काम ? म त्यहाँ के गरुला ? उहाँमाथि भएको अन्यायले म आहत छु ।’

राहुल गान्धीले नै आफूलाई सन् २००९ मा लोकसभामा पुग्ने मौका दिएको स्मरण गरे । मोदी जातिको अपमान गरेको आरोपमा अदालतले गान्धीलाई २ वर्ष जेल सजाय सुनाएपछि उनको सांसद पद खारेज भएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment