प्रभु साहले भने- ४५ प्रतिशत कमिसनका कारण सीमा क्षेत्रको जनजीवन अस्तव्यस्त छ

१२ चैत, काठमाडौं । सांसद प्रभु साहले ४५ प्रतिशत कमिसन दिने नियमावलीका कारण सीमा क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको बताएका छन्।

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले नेपाल सरकारले मलखाद दिन नसकिरहेका बेला भारतबाट ल्याउने मल समातिने गरेको र त्यसको राजस्व व्यक्तिले लुट्ने गरेको उनले बताए।

उनले भने, ‘नेपाल सरकारले मलखाद दिन नसकिरहेका बेला किसानले भारतबाट ल्याउँछन्। धेरै मुश्किलले भारतबाट ल्याउँछन्। सरकार समात्छ। लाग्छ, राजस्व संकलन भइरहेको छ। राजस्व जम्मा गर्न होइन। कानुनको आडमा लुट भइरहेको छ। राजस्वको ४५ प्रतिशत लुटिरहेका छन्। ठूलो भ्रष्ट नीतिका कारण १० वर्ष यता १० पटक नियमावली संशोधन भएको छ।’

नियमावलीमा समातेर बुझाउनेले ३० प्रतिशत र सूचना दिनेले १५ प्रतिशत पाउनेगरी संशोधन भएको बताए। जसले प्रहरी प्रशासनलाई विचलित बनाउने गरेको उनको भनाइ छ। यही ४५ प्रतिशत लुटका लागि सीमा क्षेत्रको जनजीवन अस्तव्यस्त भएको उनले उल्लेख गरे।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment