उच्चपदस्थको सवारीका क्रममा नागरिकलाई सास्ती हुनु हुँदैन: राष्ट्रपति पौडेल

१२ चैत, गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले उच्चपदस्थ अधिकारीहरूको भ्रमणका क्रममा आम नागरिकलाई सास्ती दिन नहुने बताएका छन्।

उच्चपदस्थ अधिकारीहरूको भ्रमण गरेको सवारीलाई ‘सवारी’ नभनी ‘आवागमन’ भन्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ।

गोरखा सङ्ग्रहालयमा भएको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पणपछि कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उच्चपदस्थहरुको ‘सवारी’लाई आवागमन बनाएर सरल बनाउनुपर्ने बताए। ‘जनताका प्रतिनिधि हामी जनतालाई सास्ती दिने काम गर्नुहुँदैन। सवारीलाई आवागमन बनाई सरल बनाउनुपर्दछ,’ पौडेलले भने।

गोरखा भ्रमण आफ्नो धार्मिक र सांस्कृतिक भ्रमण रहेको बताउँदै पौडेलले गोरखा जिल्लाको पर्यटन प्रवर्द्धनका लागि आफ्नो तर्फबाट सहयोग हुने बताए। राष्ट्रपति पौडेल गोरखामा कार्यक्रम सकेर काठमाडौं फर्किएका छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment