निर्वाचन आयोगका सचिव दुवाडीको ब्याग फुटाएकोमा छानविन सुरु

०८ चैत, काठमाडौं । नेपाल वायु सेवा निगमले निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीको ब्यागेज फुटेको विषयमा छानबिन थालेको छ।

काठमाडौंबाट दिल्ली उडानका क्रममा आफ्नो ब्यागेज फुटेको सोमबार सचिव दुवाडीले सामाजिक सञ्जाल ट्विटरमार्फत सार्वजनिक गरेका थिए।

नेपाल सरकारको सचिवकै लगेज सुरक्षित नभएपछि आम यात्रुको कसरी सुरक्षा हुन्छ भनी आलोचना भएपछि निगमले छानबिन थालेको हो। घटनाबारे जानकारी प्राप्त भएपछि पाएपछि छानबिन सुरु गरिएको निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कष्टुमर कियर विभागले उक्त छानविन सुरु गरेको उनले बताए। त्यसले छानबिन गरेर प्रतिवेदन दिएपछि दोषीमाथि कारबाही हुने उनले बताए। विभागले अनुसन्धानका लागि सीसीटीभी फुटेज हेर्न थालेकाले केही दिनमै ब्याग फुटाउने कार्यमा संलग्न व्यक्ति पत्ता लाग्ने उनले बताए।

काठमाडौं-दिल्ली यात्राका क्रममा सचिव दुवाडीको लगेज फुटाएको अवस्थामा फेला परेको थियो। दिल्ली पुगेर हेर्दा आफ्नो लगेज फुटाएको अवस्थामा भेटिएको सचिव दुवाडीले सामाजिक सञ्जालमा लेखेका थिए।

‘नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिङ्ग पारिएको फुटाइएको ब्यागेज हात पर्‍यो,’ उनले ट्विटरमा लेखेका छन्, ‘यसको जिम्मा कसले लिने? तिम्रो अनुसन्धान गर्दै गरौला। मैले मेरो सामान बोक्न अब डोको खोज्नु पर्‍यो।’ उनले उक्त कुरा सार्वजनिक गरेपछि नेपाल एयरलाइन्सको सेवामाथि आलोचना भएको थियो ।

सार्वजनिक सञ्चार माध्यमहरुले समाचार प्रकाशन गरेपछि निगमले त्यसमा छानबिन अघि बढाएको हो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment