दलितहरुले बन्दुक नबोकेको भए यो संविधान नै आउने थिएन : प्रधानमन्त्री प्रचण्ड

०७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा जनयुद्धका लागि दलितहरु बन्दुक बोकेर नहिँडेको भए अहिलेको संविधान नआउने दाबी गरेका छन्। मंगलबार ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसक अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

साथै उनले अधिकार प्राप्तिका लागि दलिहरु स्वयम् आफैंले एकताबद्ध भएर लड्नुपर्ने उल्लेख गरे। ‘जनयुद्धका लागि नेपालमा दलितहरु बन्दुक बोकेर नहिँडेको भए अहिलेको संविधान आउनले थिएन। दलितहरुकै संघर्षका कारण लोकतान्त्रिक संविधान आउन सफल भएको हो,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले भीख मागेर अधिकार नपाइने बताएका छन्। दक्षिण अफ्रिकामा ६९ जना कालाजातिको हत्या भएको स्मरणमा नेपालमा मार्च २१ मा जातीय भेदभाव उन्मुलन दिवसको मनाउने गरिएको उनले बताए।

उनले संयुक्त दलितहरूको पहलमा यस कार्यक्रमको आयोजना हुनु एक ऐतिहासिक क्षण रहेको पनि उल्लेख गरे। मनुस्मृति कालदेखि नै राज्यले विभेदकारी कानुन बनाएको उनले जानकारी गराए।

प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक, आर्थिक, राजनीति र सामाजिक लगायतका विषयमा दलितका सवाल सम्बोधन गर्न सरकार गम्भीर रहेको दाबी गरे। दलित समुदायका मुद्दाहरु सम्बोधनमा ढिलाई भए पनि संवैधानिक र कानुनी रूपमा धेरै अधिकारको संस्थागत विकास भएको दाबी गरे।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा र प्रतिनिधि सभामा दलित समुदायको प्रतिनिधित्व गराएको भन्दै आफ्नो दलका तर्फबाट संविधानमा उल्लेखित प्रतिशतअनुसारको अवसर प्रदान गराएको दाबी गरे।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment