सरकारमा जानुअघि एकीकृत समाजवादीले अध्यक्षको नेतृत्वमा बनायो छलफल गर्ने टिम

०७ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुनुअघि छलफल गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा टिम बनाएको छ। पार्टीका ‘सम्मानित नेता’ झलनाथ खनालका अनुसार सो टिमले कुराकानी गरेपछि बनेको प्याकेजअनुसार मात्रै एकीकृत समाजवादी सरकारमा सहभागी हुनेछ।

मंगलबार सचिवालय बैठकपछि खनालले भने, ‘सरकारमा कसरी जाने, के उद्देश्यले जाने, के नीति तथा कार्यक्रमका साथमा जाने, सरकारमा हाम्रो पार्टीका निम्ति के कति हिस्सेदारी हुन्छ, ती सबै कुराहरुको बारेमा छलफल गरेर मात्रै एउटा टुंगोमा पुग्ने। त्यसका लागि अध्यक्षको नेतृत्वमा एउटा टिमले कुराकानी गर्छ। त्यो प्याकेज बनेपछि हामी सरकारमा जान्छौँ।’

मंगलबार बसेको सचिवालय बैठकमा सरकारमा सहभागिताका बारेमा छलफल भएको थियो। एकीकृत समाजवादीले सोमबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। सो पार्टी सरकारमा जाने विषयमा सकारात्मक छ। नेताहरुका अनुसार उसले गृहमन्त्रालयमा दाबी गर्दै आएको छ।

प्रधानमन्त्रीले विश्वासको मत पाएपछि सरकार विस्तार हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभा बैठकपछि पनि सोही धारणा व्यक्त गरेका थिए। अब दलहरुबीच औपचारिक रुपमै मन्त्रालयमा दाबी हुने र छलफलपछि निष्कर्ष निस्किने बताइएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment