मंगलबार पुनः ५ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

०७ चैत, काठमाडाैं । स्थानिय बजारमा छापावाला सुनको भाउ फेरी बढेको छ । हिजो ७ सय रुपैयाँले घटेको सुनको भाउमा आज पुनः वृद्धि भएको हो ।

आज छापावाला सुन १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोही सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता सोमबार तेजावी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन हिजो १ लाख ८ हजार ८ सय रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीमा १० रुपैयाँले वृद्धि भएको छ । हिजो १ हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९८१.८६ र चाँदी प्रतिऔंस २२.५ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment