प्रचण्डजी बालकोटबाट फर्किनुभयो, त्यसैले हाम्रो सर्मथन छ : चित्रबहादुर केसी

०६ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन्।

२ महिनाअघि पुसमा विश्वासको मत नदिने भनि बसे पनि अहिले नयाँ गठबन्धनमा सहभागी भएकाले विश्वासको मत दिने निर्णय गरेको उनले बताए।

‘पुस १० गते प्रधानमन्त्री बालकोटको सर्मथनमा जानु भएको थियो। संसदका सबैले विश्वासको मत दिँदा हामीले नदिने निर्णय गर्‍यौं,’ उनले भने, ‘तर, अहिले उहाँ बालकोटबाट पुरानो गठबन्धनमा फर्किनुभएको छ। त्यसैले मत दिने पक्षमा छौं।’

संसद्‌भित्र सबै पार्टीहरुले प्रधानमन्त्रीलाई २ महिनााभित्र सहमति दिएर उत्पात गरे पनि अहिले के भयो? भन्दै केसीले प्रश्न गरे। उनले अहिलेको निर्वाचन प्रणाली अनुसार सरकार बनाउन र टिकाउन मुस्किल भएकाले यस्तो निर्वाचन प्रणालीले लोकतन्त्रलाई बचाउन नसक्ने दाबी गरे।

गणतन्त्र र लोकतन्त्र धरापमा परेको केसीले दाबी गरे। उनले विगतमा पाँच दल हुँदाहुँदै बालकोट गएकाले प्रचण्डलाई समर्थन नगरेको बताए।

‘२०७४ सालमा हामीले बालकोटलाई विश्वास गरेकै हो नि तर त्यो देखिएन नि,’ उनले भने, ‘कोही नरिसाउनुस् संसद्‌मा भएको ठूलो दलले सरकार बनाउनुपर्ने हैन। अनि तेस्रो दल समात्न हिँड्ने के हो? यस्तै हुन्छ ससदीय प्रणाली?’

उनले अहिले देशको अर्थतन्त्र संकटमा रहेको बताए। देशमा रोजगारी नपाएर युवाहरु विदेश पलायन भइरहेको भन्दै नेता केसीले चिन्ता व्यक्त गरे। तर दलहरु भने एकपछि अर्को सरकारमा को जाने भन्दै प्रतिस्पर्धामा मात्र लागेको आरोप लगाए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment