फागुनमा वैदेशिक रोजगारीका लागी ६१ हजार ८४५ नेपालीले लिए श्रम स्वीकृती

०६ चैत, काठमाडाैं । एक महिनाको अवधिमा वैदेशिक रोजगार विभागबाट ६१ हजार ८४५ जनाले श्रम स्वीकृती लिएका छन् ।

यो नयाँ श्रमस्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको संख्या हो । श्रम स्वीकृती लिने संख्या माघ महिनाको तुलनामा केही कम रहेको वैदेशिक रोजगार विभागको तंथ्यांकले देखाएको छ ।

माघमा ६४ हजार २८४ जना युवाले श्रम स्वीकृती लिएका थिए । फागुनमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृती लिने मध्ये ५६ हजार ७१९ जना पुरुष र ५ हजार १२६ जना महिला रहेका छन् ।

यस अवधिमा म्यानपावर एजेन्सीमार्पmत २९ हजार २८८ जनाले स्वीकृति लिएका छन् । व्यक्तिगत रुपमा स्वीकृति लिने नयाँ कामदारको संख्या ५ हजार ५३६ जना छ । व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिनेको संख्या भने २४ हजार ८५१ जना रहेको छ । जीटूजीमार्फत २ हजार १७० जना युवाले श्रम स्वीकृती लिएका छन् ।

श्रम स्वीकृति लिने कुन जिल्लाका कति ?

श्रम स्वीकृति लिनेमध्ये नँया दर्ता बाहेक सबैभन्दा धेरै धनुषाबाट श्रम स्वीकृति लिएका छन् । धनुषाबाट १ हजार २४१ जनाले श्रम स्वीकृती लिएका हुन् । यस्तै धनुषाबाहेक श्रम स्वीकृती लिने अर्को जिल्ला मोरङ रहेको छ ।

मोरङबाट एक महिनाको अवधिमा १ हजार ३२३ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै श्रम स्वीकृति लिने तेस्रो जिल्ला सिराहा हो । सिराहाबाट ९२९ जनाले श्रम स्वीकृति लिएका छन् । सबैभन्दा कम श्रम स्वीकृती लिने जिल्ला मुस्ताङ हो । मुस्ताङबाट २१ जनाले श्रम स्वीकृती लिएका छन् ।

कुन देशमा कतिले लिए स्वीकृती ?

फागुनमा मलेसिया, फ्रान्स, जापान, फिनल्याण्ड, बहराइन, इजरायल, लगायत ९० मुलुकका लागि नेपालीहरूले श्रम स्वीकृति लिएका छन्।

फागुन महिनामा सबैभन्दा धेरै मलेसियाका लागि १९ हजार ८२४ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै दोस्रो धेरै श्रम स्वीकृती लिने देश कतार हो । कतारका लागि ११ हजार ३०३ जनाले श्रम स्वीकृति लिएका छन् । युनाइटेड अरब इमिरेट्समा मात्र ९ हजार ७९५ जनाले श्रम स्वीकृति लिएका छन्। साउदी अरबमा ९ हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन् ।

कुवेतका लागि २ हजार ४६२ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ । दक्षिण कोरियामा २ हजार २२७ जनाले स्वीकृति लिएका छन् । रोमानियामा १ हजार ७० जनाको स्वीकृति जारी भएको छ । जापानमा ८७१ जना, पोल्याण्डमा ६ सय र बहराइनमा ५९५ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ । यस्तै अष्टेलियाको लागी ३६ जनाले श्रम स्वीकृती लिएका छन् भने अमेरिकाका लागि २८ जना दक्ष कामदारले श्रम स्वीकृती लिएका छन् ।

विदेशीनेले हासील गरेको शैक्षिक योग्यता

उच्च दक्षता हासिल गरेका महिला र पुरुष गरी ३० जनाले वैदेशिक रोजगारीमा श्रम स्वीकृती लिएका छन् भने प्रोफेसनल योग्यताका ६८ जना छन् । यस्तै अर्ध दक्षता हासिल गरेका ५ हजार ४४९ जना युवाले श्रम स्वीकृति लिएका छन् । फागुनमा विदेशिने मध्ये ४२ हजार ७१८ जना ‘दक्ष’ छन् भने १३ हजार ५८० जना अदक्षले श्रम स्वीकृती लिएका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment