सडक विस्तार : हिउँदमा धुलो बर्खामा हिलो

०१ चैत, काठमाडाैं । सिन्धुपाल्चोकको बलेफी जलविरे ढाडेअन्तर्गत सडक निर्माणका क्रममा हिलो र धुलो अत्यधिक हुँदा स्थानीयवासीले सास्ती भोग्दै आएका छन् ।

हिलोका कारण दुर्घटना र धुलोका कारण स्वास्थ्यमा असर परिरहेको स्थानीयवासीको भनाइ छ । धुलोका कारण घाँटी दुख्ने, रुघाखोकी र सास फेर्न गाह्रो हुने समस्या बढ्दै गएको छ ।

स्थानीय देवीमाया नेपालले धुलोका कारण स्वास्थ्यमा असर पर्नुका साथै वातावरण समेत प्रदूषित हुँदै गएको बताए । “हिउँदको समयमा पनि सडक कतै हिलाम्मे र कतै धुलाम्मे छ । सडक आसपास बसोबास गर्ने तथा पैदलयात्री, र मोटरसाइकलमा यात्रा गर्नेलाई निकै सास्ती हुने गरेको छ”, उनले भने ।

स्थानीय भीमबहादुर विकले अत्यधिक धुलोका कारण यात्रा गर्न समस्या भएको बताए । उनले भने, “दैनिक यात्रा गर्न समस्या छ, निर्माणकार्य सुस्त गतिमा भइरहेकाले पनि अत्यधिक धुलो भएको हो ।” यतिबेला सडक विस्तारका साथै वरपर नाली मर्मत तथा भित्ता उठाउने काम भइरहेको छ ।

निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी अनक कविर जेभी कन्ट्रक्सन प्रालिका प्रतिनिधि गोरेबहादुर तामाङ करिब ९५ प्रतिशत काम सकिएको बताए ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment