पृथ्वीनारायण क्याम्पस पोखरालाई स्ववियु निर्वाचन अघि नबढाउन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

२८ फागुन, काठमाडौं। पृथ्वी नारायण क्याम्पस पोखरालाई स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल अघि नबढाउन उच्च अदालत पोखराले अल्पकालीन अन्तिरम आदेश जारी गरेको छ।

आइतबार उच्च अदालत पोखराले विप्लवी न्यौपानेले पृथ्वी नारायण क्याम्पस पोखराविरुद्ध दायर गरेको रिटमा उच्च अदालत पोखराका न्यायाधीश ऋषी राज भण्डारीको इजलासले उक्त आदेश जारी गरेको हो।

स्वतन्त्र विद्यार्थी समूहले पृथ्वीनारायण क्याम्पस पोखरामा स्ववियु निर्वाचनका लागि नाम दर्ता गराएको र क्याम्पस प्रशासनले नाम बिगारेर पृथ्वी विद्यार्थी मञ्च पोखरा भनेर नामावली सार्वजनिक गरेपछि विद्यार्थी विप्लवी न्यौपानेले क्याम्पसलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन्।

उक्त रिटमाथिको बहसपछि उच्च अदालत पोखराले आगामी चैत्र २ गते पेसी तोक्दै निर्वाचनका कुनै पनि गतिविधि अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

विद्यार्थीहरुको विरोध र तालाबन्दीका कारण शनिबार हुने भनिएको उम्मेदवारी दर्तासमेत हुन सकेको छैन।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment