एकैदिन १७ सय रुपैयाँले बढ्यो सुनको भाउ

२८ फागुन, काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलाको एक १ तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन तोलाको एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आइतबार तेजाबी सुन तोलाको एक लाख तीन हजारमा कारोबार भइरहेको छ ।

आइतबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८६७.३ र चाँदी प्रतिऔंस २०.५३ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilvernepalNewsPolitic
Comments (0)
Add Comment