दोस्रो अर्थशास्त्री सम्मेलन काठमाडौंमा आजदेखि

२६ फागुन, काठमाडौं । दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । सम्मेलन आज र भोलि दुई दिनसम्म चल्नेछ ।

‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ भन्ने नारा दिइएको सम्मेलन विभिन्न संघसंस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले आयोजना गरेको हो ।

अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाइ समाधानका उपायसहित सरकार, राजनीतिक दल तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव दिने उद्देश्य साथ दोस्रो अर्थशास्त्री सम्मेलन आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

दुईदिने सम्मेलनमा १५ वटा समसामयिक विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनमा लगानीमैत्री वातावरण निर्माण, स्वदेशी उद्योगको प्रवर्द्धन र सूचना प्रविधि क्षेत्रमा टेवा पुर्याउन अर्थतन्त्रका विभिन्न विषयवस्तुमाथि सम्मेलनमा छलफल हुनेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment