प्रतिनिधि सभाका ३१३ र प्रदेशका ५१८ सांसद राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी

२५ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचनको मतदानमा ३१३ संघीय सांसद् र ५१८ प्रदेश सांसदले सहभागिता जनाएका छन्।

बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा भएको मतदान तीन बजे सकिएको हो। मतदान सकिएसँगै गणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए।

राष्ट्रपतिमा कांग्रेसका तर्फबाट ९ दलको समर्थनमा रामचन्द्र पौडेल उम्मेदवार छन्। एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्। निर्वाचनमा संघीय सांसदको १ मत बराबर ७९ र प्रदेशसभा सदस्यको १ मत बराबर ४८ मतभार कायम गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले निर्वाचनमा सहभागिता जनाएका छैनन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment