प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा साढे २ बजेपछि मात्र सुनुवाइ हुने

२५ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटको सुनुवाइ साढे २ बजेदेखि मात्र सुरु हुने भएको छ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी रहेको मुद्दाको सुनुवाइ २:३० बजेपछि हुने भएको हो। न्यायाधीश श्रेष्ठको अर्को संयुक्त इजलास भएकाले ढिला सुनुवाइ हुन लागेको हो।

संयुक्त इजलासका मुद्दा पहिले सुनुवाइ हुने अभ्यास र तय भएकाले प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ पछि हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

प्रचण्डविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा घ नम्बरमा पेसी रहेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment